१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन माओवादी सांसदको सरकारलाई आग्रह


65
Shares


काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताउनु भएको हो । सांसद शर्माले देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले मुलुकको सुशासनका लागि पूँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । साधारण खर्च हुने तर पूँजीगत खर्च ५० प्रतिशत पनि नहुने कुराले मुलुकको सुशासन र समृद्धि हुन नसक्ने सांसद शर्माको भनाई थियो । उहाँले निर्वाचन प्रणालीले सबै राजनीतिक दलहरुमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढन पनि सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताउनु भयो । सांसद शर्माले यही बजेट अधिवेशनमा पूँजीगत खर्च बेलैमा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई दवाव दिनु भयो ।