
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालिन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाउनुभएको छ ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्याउने उहाँको भनाई थियो ।
सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनुभयो ।
सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्