
फाइल तस्बिर
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउनुभयो ।
नीति तथा कार्यक्रममा अशक्त, असहाय, र ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्