१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुकुम्बासीलाई स्थानान्तरण गरी नदी किनार खाली गरिने


37.83k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका नदिकिनारमा बसिरहेका सुकुम्बासीहरुलाई स्थानान्तरण गरी नदी किनार खाली गरिने भएको छ ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौका सबै भूमिहिन सुकुम्बासीलाई नदी किनारबाट स्थानतरण गर्ने बताउनुभएको हो ।

काठमाडौंका करिडोर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहिनहरुलाई स्थान्तरण गर्दै करिडोर क्षेत्र खाली नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिका मेयर बालेन साहले सुकुम्बासी स्थानतरण गर्ने प्रकृया सुरु गरेसँगै सुकुम्बासी समस्या बढ्दो छ ।

यस्तो अवस्था मा सरकारले नै सुकुम्बासी स्थान्तरणलाई नीति तथा कार्यक्रममा समेटेको हो ।