
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताउनुभएको छ ।
शुक्रबार सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा कुनै जोश, जाँगर र सपना नरहेको जिकिर गर्नुभयो ।
सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतिको समाधान गर्ने कुरा नरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्