
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार हिमालयनले विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोल अन्तरले हराएको हो ।
हिमालयनको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरे ।
एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल फर्काए । जारी लिगमा हिमालयनको यो छैटौं जित हो । जितसँगै हिमालयनले १९ खेलमा २४ अंक जोडेको छ । एपीएफले १९ खेलमा २२ अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी एफसी खुमलटारसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेलेको हो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे । बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्