
काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो बताएको हो ।
यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।
यस्तै, प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने जनाइएको छ ।
हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नती गर्ने र निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने नीति तथा कार्यत्र mममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्