१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज थ्रीस्टार र सातदोबाटो भिड्ने


403
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार थ्री स्टार क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत शनिबार अन्तिम एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ ।

थ्री स्टार सातौं जितको योजनामा छ । थ्री स्टार १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सातदोबाटो आठौं जितको खोजीमा हुनेछ । सातदोबाटो १८ खेलमा २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पहिलो लेगमा थ्री स्टारले सातदोबाटोलाई हराएको थियो ।

दशरथ रंगशालामै भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १–० ले हराएको थियो । सातदोबाटो भने पहिलो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा छ ।