
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी भारत भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभयाे ।
शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु,संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको उहाँको दाबी थियाे ।
भारतसँग खुला सीमा,आर्थिक,राजनीतिक,सामाजिक,जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी राख्ने जानकारी दिनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण अब आमनेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने प्रधानमन्त्री भनाई थियाे ।
प्रतिक्रिया दिनुहोस्