
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताउनुभएको छ ।
समाजवादी प्रेस संगठन नेपाल,काठमाडौं जिल्ला शाखाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले नीति तथा कार्यक्रममा जनजिवीकाका सवाल सम्बोधन गर्ने कार्यक्रम समेटिएको भन्दै सरकार राष्ट्र र जनताप्रति समर्पित भएर काममा लागेको बताउनुभयो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गर्दै मन्त्री ज्वालाले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।
उहाँले पछिल्ला समस्यालाई समाधान गर्ने,अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।
मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्