
काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।
मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुब सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो । उनको सोही क्रममा मृत्यु भएको हो ।
अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेकाे छ । सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ ।
सगरमाथा आरोहण गर्न यो सिजन अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ४ सय ६६ आरोहीले अनुमति लिएका थिए । तीमध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोर्ट तयार हुँदै गरेको पर्यटन बोर्डले जनाएको छ ।
यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्