
बर्दिया । बर्दिया–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोड्नुभएको छ ।
बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोड्नुभएको हो ।
अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना हुनुभएको छ । उहाँ पुल निर्माण हुनुपर्ने सहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशनस्थलमा जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्