१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले देशको अर्थतन्त्रबारे झुट बोलेको एमाले नेता ज्ञवालीको दाबी


234
Shares

काभ्रे । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले देशको अर्थतन्त्र बारे सरकारले झुट बोलेको टिप्पणी गर्नुभएको छ ।

शनिवार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकको अर्थतन्त्र डरलाग्दो संकटको डिलमा धकेलिरहेको दाबी गर्नुभयो । अर्थतन्त्रका अधिकांश सुचक कमजोर बन्दा पनि सरकारले समान्य रुपमा लिएको उहाँको आरोप छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेत अर्थतन्त्र सुधारका ठोस विषय नभएकाले ज्ञवालप्को दाबी छ ।

राजस्वले सरकारको नियमित खर्च नधान्ने अवस्थामा पुगेको भन्दै ज्ञवालीले गत वर्षको तुलनामा १४ प्रतिशत र यो वर्षको अनुमानको हिसावले ४८ प्रतिशत कम राजस्व उठेको बताउनुभयो ।

कर्मचारीले तलव नपाउने, वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता नपाउने, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने, विकास निर्माणका कार्य अवरुद्ध हुने, व्यापार घाटा भयावह ढंगले बढिरहेको अवस्थामा पुग्दा पनि सरकार समाधान तर्फ भन्दा ढाकछोप गर्न लागिपरेको उहाँको आरोप छ ।