
काठमाडौं । परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रका चुनौतिको समाधान गर्न नसकिनेमा सांसदहरुले जोड दिएका छन् ।
शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरुले परम्परागत बजेट नभइ कार्यान्वयनमा आउनसक्ने बजेट ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरे । उनीहरुले देशमा विचौलिया संस्थागत भएको र यसलाई रोक्न सरकारको योजना के छ भन्दै प्रश्न गरे । समितिको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी रुपमा काम हुन लागेको भन्दै आपत्ति जनाउनुभयो ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले देशमा विचौलिया संस्थागत भएको तर्क गर्नुभयो । अहिले आएर पनि बाटो र पानीको लोभ मात्रै देखाउने गरिएको भन्दै उहाँलै हाइवेको भौतिक पूर्वाधार झनै नराम्रो बनिरहेको र यस बारेमा सरकारले कस्तो योजना बनाइरहेको छ भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन इन्जिनियरिङ शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिको बैठकमा बोल्दै एमाले सांसद जुलीकुमारी महतोले राजश्व चुहावट भएको ठाउँमा गम्भीर बन्नुपर्ने बताउनु भयो । एमालेका अर्का सांसद सूर्यबहादुर थापाले उत्पादनमा वृद्धि गरी स्वदेशमै आत्मनिर्भर हुनुपर्ने नीति ल्याउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्