
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले आठौँ जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै सातदोबाटोले जित निकालेको हो । सातदोबाटोको जितमा दुबै गोल विलियम आपोकुले गरेका थिए ।
उनले खेलको २४ औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए भने ४७औँ मिनेटमा दोस्रो गोल गरेका थिए । यो जितसँगै सातदोबाटो १९ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा छ । २६ अंक भएको थ्री स्टार पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्