१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रौतहटमा छिमेकीद्वारा एक ब्यक्तिको हत्या


546
Shares

रौतहट । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ ।

घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिनुभयो ।

मानसिक सन्तुलन ठिक नभएका छिमेकी शेख साविरले कुर्सी तोडफोड गर्न थालेपछि रोक्न खोज्दा हातमा रहेको चक्कु खानलाई प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई प्रादेशिक अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।