
काठमाडाैं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आइतबारदेखि छलफल सुरु हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव गरेपछि छलफल सुरु हुनेछ ।
नीति तथा कार्यक्रमबारे सांसदहरुबाट प्राप्त संशोधनहरू पनि बैठकमा प्रस्तुत हुने र छलफल गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्