
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि ओलीले नीति तथा कार्यक्रमलगायतका विषयमा बोल्ने बुझिएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई निकास दिन नसक्ने ठहर गर्दै एमाले संसदीय दलले नीति तथा कार्यक्रम पारित गर्न नदिने निर्णय गरिसकेको छ ।
ओलीले आइतबार नीति तथा कार्यक्रमबारे एमालेको थप धारणा राख्ने बुझिएको छ । यस्तै,ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्नसक्ने जनाइएको छ ।
शरणार्थी प्रकरण सतहमा आएपछि ओलीले संसद बैठकमै त्यस विषयमा विस्तृत रुपमा बोल्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्