
काठमाडौं । पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।
आइतबार बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएका कारण सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।
यसअघि गत बैशाख २१ गते बाजुराको विछ्या केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपालको हिमाली तथा पहाडी भेगलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्