
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणमा ठूला दोषीहरु उम्काउन सुरू भएको दाबी गर्नुभएको छ ।
दाङको घोराहीमा आइतबार बिहान आयोजित पत्रकार भेटघाटमा उहाँले सत्ता पक्षका ठूला नेताहरुलाई उम्काउन पक्राउ परेकाहरुको बयान फेर्ने प्रपञ्च भईरहेको दाबी गर्नुभयो ।
जो जस्तो गरी जोडिएको छ तिनीहरु सबैमाथि छानविन हुनुपर्नेमा सत्ता पक्षले अनुहार हेरेर ब्यवहार गर्न थालेको आरोप पनि उहाँले लगाउनुभयो ।
मूख्य दोषीहरु उम्काउन सत्ताको चरम दुरुपयोग हुने देखिएको पोखरेलको जिकीर थियो । सरकारको नीति तथा कार्यक्रम कुनै टिप्पणी पनि गर्न लायक नरहेको भन्दै उहाँले सामाजिक, सांस्कृतिक, आर्थिक विषय ओझेलमा पारिएको बताउनुभयो ।
देशमा आर्थिक संकट र सांस्कृतिक हस्तक्षेप चुलिएको भन्दै उहाँले सामाजिक विचलनका मुद्दालाई पनि नीति तथा कार्यक्रमले बेवास्ता गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्