९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको छ : ओली


52
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो प्रकरणका दोषीलाई उम्काउने षडयन्त्र तत्काल बन्द गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले सो प्रकरणको छानविनमा हस्तक्षेप नगर्न पनि सरकारलाई भन्नुभयो ।

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरुको छानविनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।