
काठमाडौं । दोलखाका कृषक पशुपालनमा आकर्षित हुन थालेका छन् । गाई वस्तुको मलनै खेतबारीमा लगाइने तरकारी बालीका लागि आवश्यक हुने र दुध, घ्यू, दहि डेरीसम्म दुध पुर्याएर थप आम्दानी गर्न सकिने भएकाले पशुपालनदेखि कृषि पेशासम्म उनीहरुको आकर्षण बढेको हो ।
त्यसो त दोलखाको तामाकोशी गाउँपालिकाको यो झुले र मृगे गाउँ हिजो आज निकै हरियाली देखिन्छ । पशुपालन र कृषि कर्ममा लागेपछि यहाँका सुकौरा बारीहरु हरियालीमा परिणत हुँदै गएका छन् । यहाँका कृषकहरु अहिले व्यवसायीक रुपमै पशुपालनमा लागेका छन् । पहिले फाट्टफूट्ट घरमा मुस्किलले एक दुई माउ गाई पाल्ने कृषकहरु पनि अहिले व्यवसायीक रुपमै बाख्रापालन, गाईपालन र कृषि पेशामा आवद्ध भएका हुन् ।
नेपाल ग्रामीण पुनर्निमार्ण संस्था आरआरएनले गाउँमै पुगेर अति बिपन्न परिवार र मेहनती कृषहरुलाई पशुपालन र कृषिक्षेत्रबारे चेतना बिस्तार र अनुदान प्रदान गरेपछि कृषकहरु व्यवसायीकरुपमै यो पेशामा सम्लग्न भएका हुन् । एउटा माउ गाई नहुने प्रत्येक घरमा अहिले पाँचसात माउँ गाई र भैसी कृषकको थलामा देख्न सकिन्छ ।
पशु चौपायको मलमूत्र संकलन गरेर खेतबारीमा हाल्दा माटो राम्रो हुने, उर्वराशक्ति बढ्ने र माटो बिगार्ने रासयनिक मल किन्न नपर्ने भएका कारण पशुपालन नै कृषकको रोजाईमा परेको दोलखा झुलेका पशुपालक कृषक शुभराज तामाङ बताउनुहुन्छ ।
त्यसो त थलाभरी गाई हुँदा कृषकलाई खोले कुडो र स्याहार सुसार गर्न भ्याई नभ्याई हुन्छ । बिहानको दुध दुहुने, दुध संकलन केन्द्रमा पुर्याउनेसम्मको उनीहरुको व्यस्त दिनचर्या अन्यकालागि उदाहरण बन्दै गएको छ । पुशुपालन मध्ये बाखा्रापालन यहाँका कृषकको लागि व्यवसायिक बनेको छ ।
नेपाल ग्रामीण पुर्ननिर्माण संस्था आरआरएनले गाउँमै पुगेर परम्परागत गोठ सुधार गरेपछि अहिले यहाँका कृषकहरु पनि बाख्रापालनमा लागेका छन् । गोठ सुधारपछि बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सकीएको झुलेका बाख्रापालक कृषक मनोज कार्कीको भनाई छ ।
गाईवस्तु व्यवसायीक रुपमै पाल्न थालेपछि उनीहरुको आम्दानी पनि राम्रै हुन थालेको छ । सधै वेरोगार हुने कृषकहरु व्यवसायीक रुपमा लागेपछि उनीहरुलाई एकीछिन फूर्सद छैन् । पशुपालनकालागि आवश्यक डाले र भूई घास लगाउदा यो झूले र मृगे गाउँ हरियाली देखिन्छ । गाईपालन र बाख्रापालनलाई व्यवसायीक बनाउन सके यसबाट मनग्य आम्दानी गर्न सकीने उनीहरुको ठम्याई छ ।
पशुपालन गर्न सके तरकारीखेती र अन्य कृषि उत्पादन पनि राम्रो गर्न सकीने रहेछ भन्ने आत्म विश्वास कृषकहरुको बढेको छ । पशुपालनबाट तरकारीलगायतका अन्य कृषि बालीका लागि मल पनि हुने । तरकारी बिक्रीबाट आम्दानी गर्न सकिने र डेरीसम्म पुर्याउदा आम्दानी गर्न सकिने भएकाले यहाँका कृषकहरुले पछिल्लो समय पशुपालन र कृषिबाट दोहोरो र्फादा लिंदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्