
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिल पनि सोही स्थिति आइरहेको बताउनुभयो । उहाँले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्तावह गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पटक पुनः माओवादी बनेर काम गर्न आग्रह गर्नुभयो । उहाँले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो ।
महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्