
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिन भित्रै संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुने बताउनुभएको छ ।
वेपत्ता योद्धा परिवार समाजले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै दलको सहमतीमा नै सो विधेयक संसदबाट पारित हुने दाबी समेत गर्नुभयो ।
प्रधानमन्त्री दाहालले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकि काम २ वर्ष भित्रै टुंगोमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पार्नुभयो । उहाँले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्