
फाइल तस्बिर
काठमाडौं । बझाङमा हिमपहिरोमा तीन जना बेपत्ता र दुई जना घाइते छन् ।
आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको कार्यालयले बताएको छ ।
हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्