
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताउनुभएको छ ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै महामन्त्री शर्माले देशको आर्थिक दुरावस्था हुनुमा एक व्यक्ति मात्र दोषी नभएको बताउनुभएको हो ।
उहाँले देशका शिर्ष नेताहरु सबै राजनीतिक उपलब्धिहरुको अंशियार र कमजोरीहरुको पनि जिम्मेवार भएको बताउनुभयो । उहाँले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको टिप्पणी गर्नुभयो ।
ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उहाँको भनाई छ । मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्