७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमेरिकामा शंखधर साख्वाः को मूर्ति स्थापना हुने


1.443k
Shares

काठमाडौं । नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाः को मूर्ति अमेरिकामा स्थापना गरिने भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले अमेरिकास्थित नेपाः कम्युनिटी युएसएलाई फाइवर ग्लासको करिव साढे ३ फिटको मूर्ति हस्तान्तरण गरेको हो ।

कलाकार लक्ष्मीकृष्ण प्रजापतिले बनाउनभएको मूर्ति प्रतिष्ठानको तर्फबाट नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले सो संस्थाका संरक्षक बैकुण्ठमान श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

संरक्षक श्रेष्ठले हालकालागि मूर्ति अमेरिकाका विभिन्न संस्थाले नेपाल संबत मनाउँदा प्रयोग गर्ने र उपयुक्त समयमा बाल्टिमोरमा स्थापना गर्ने जानकारी दिनुभयो ।

संस्थाले सो मूर्तिका कारण अमेरिका भर नेपालको राष्ट्रिय मौलिक नेपाल संवत् र राष्ट्रिय विभूति साख्वाःको प्रचार प्रसारसंगै अन्तराष्ट्रियकरण हुने विश्वास लिएको छ ।