
काठमाडौं । संघीय संसद प्रनिधिसभाको बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।
राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे बस्दैछ । राष्ट्रियसभा बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्