२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज सुनको मूल्य स्थिर, चाँदी भने घट्यो


494
Shares

Gold price hike nepal

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ, भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघले सोमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, साेमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । आइतबार चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।