१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को ल्याउन माग गर्नु उचित होइन’


312
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताउनुभएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुनःलेखन गरी ल्याउनुपर्ने माग गर्नुभएको थियो । साथै संघीय संसदका दुवै सदनमा नेकपा एमालेका सांसदहरुले नीति तथा कार्यक्रम पुनः लेखन गरी प्रस्तुत गर्नुपर्ने बताइरहेका छन् ।

बैठकमा सदस्य गौतमले भने नेकपा संवैधानिक रुपमा नीति, कार्यक्रम प्रश्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरु अघि सारिएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य गौतमले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई चासो दिएको नपाएको बताउनुभयो ।