२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पूर्वराजा शाहको अपिल


416
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोझासाझा जनतालाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको बताउनुभएको छ ।

कैलालीको धनगढीमा सोमबार नागरिक अभिनन्दनका क्रममा उहाँले नेपाल बनाउन नेपाली जनतालाई नै जिम्मा दिन पनि अपिल गर्नुभएको छ ।

नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहँुदै शरणार्थीको रुपमा अरुको देशमा श्रम पसिना बगाउन पठाउनुले देशको इज्जत र गौरबमा धक्का पुगेको धारणा उहाँले ब्यक्त गर्नुभएको छ । सम्बोधनकै क्रममा नेपालीको बीरता र स्वाभिमान खोसिएको त छैन भनि प्रश्न गर्नुभयो ।

देशको हालको परिस्थितीबारे सोच्ने बेला आएको भन्दै पुर्व राजा शाहले आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर ,अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य सप्रिदैन भन्ने प्रतिक्रिया दिनुभएको छ ।

भारतको भ्रमण सकाएर गत जेठ १ गते स्वदेश फर्कनु भएका पुर्व राजा शाह आगामी १३ गते सम्म विभिन्न जिल्लामा आयोजना गरिने कार्यक्रममा सहभागी हुनु हुँदैछ । भोली कैलालीको अत्तरियामा रहेको राजा महेन्दको शालिक अनावरण गर्ने काय्र्रक्रम रहेको छ ।

उहाँको सम्बोधनका क्रममा सर्वसाधारणको घुँइचो लागेको थियो ।