
web pic
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लब र एफ.सी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
जारी लिगमा आजका खेलहरुपछि बिसौं चरणका खेलहरु सकिनेछन् । अहिलेसम्म २० खेलबाट ३७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड शिर्ष स्थानमा रहँदा समान खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो तथा ३३ अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा रहेको छ ।
१८ अंकको एफ.सी खुमलटार र २१ अंकको फ्रेण्ड्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्