
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार पुनः म्याद थप गरिने भएको छ ।
मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्नको लागि मंगलबार अदालतबाट अनुमति लिइनेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन पूर्व उपप्रधानमन्त्रीदेखि, मन्त्री, सचिव, सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्षअगाडिदेखि संगठित रूपमा प्रक्रिया सुरु गरेको थियो ।
करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ ।
कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसहितको आठजानाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउनेछ । यो प्रकरणमा पक्राउ परेका १६ जना र फरार रहेका १७ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
प्रतिक्रिया दिनुहोस्