
काठमाडौं । नेपाली कांग्रेस आजबाट मधेश प्रदेश सरकारमा सहभागी हुँदैछ ।
कांग्रेस मंगलबार दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट मन्त्री हुनेमा मधेश प्रदेश संसदीय दलका नेता समेत रहनु भएका कृष्णप्रसाद यादव र बीरेन्द्र प्रसाद सिंह रहेका छन् । यादव भौतिक पूर्वाधार बिकास मन्त्री र सिंह स्वास्थ्य मन्त्री पनयुक्त भएका छन् ।
उनीहरुको आज दिउँसो १ बजे पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम तय भएको छ । यादव रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट विजयी प्रदेश सभा सदस्य हुन् । त्यसैगरी सिंह सर्लाहीको क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको पथयो ।
प्रतिक्रिया दिनुहोस्