८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छ : प्रधानमन्त्री दाहाल


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएको पनि बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधामरा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको बताउनुभयो । उहाँले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गर्नुभयो ।