८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नर्सिङ संघको आन्दोलनप्रति तीन वटा संघको ऐक्यवद्धता


1.56k
Shares

काठमाडौं । विपी मेमोरियल क्यान्सर अस्पतालका तीन वटा संघ संगठनले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो। वैशाख २८ गते विपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको विरामी र नर्सबीचको भिडियो सार्वजनिक भएको थियो ।

आफूलाई सामाजिक अभियन्ता भन्ने व्यक्तिले नर्स कुरुवाको संवादलाई अनुमति बिना वार्ड भित्रै गएर भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको घटनाले नर्सिङ पेशाप्रति र अस्पतालको विश्वसनीयतामा आँच आउने उनीहरुको भनाइ छ ।

पटक पटक भिडियो इडिट गरी नर्सिङ पेशालाई नै आघात पुग्ने गरी सामाजिक सञ्जालमा व्यापक रुपमा प्रसाद भएको घटनाप्रति संघहरुले ध्यानाकर्षण भएको जनाएको छ । घटनाले नर्सिङ पक्षलाई मानसिक असर गरेको हुनाले भिडियो बनाउने ती व्यक्तिबारे आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् ।