
नवलपरासी । नवलपरासीमा नारायणी नदीबाट भारतीयहरुले दादागिरी शैलीमा जथाभावी नदीजन्य पदार्थ ( बालुवा, गिट्टी ) काे उत्खनन् गर्ने गरेका छन् ।
नारायणी नदीको कटान रोक्नका लागि अहिले भारतको उत्तर प्रदेश सरकारले नेपालको सुस्ता गाउँपालिका क्षेत्रमा निर्माण कार्य गरिरहेको छ ।
निर्माणको काम स्थानीय युवाहरुले पेटी ठेक्का लिएर गर्दै आएका छन् । गण्डक सम्झौताअनुसार गण्डक क्षेत्रका संरचनाहरुको मर्मत र निर्माण कार्य गर्ने जिम्मेवारी भारतीयको हो ।
गाउँपालिकाले नदीजन्य पदार्थ निकाल्नका लागि वडा नम्बर ५ मा पर्ने नदी किनारलाई तोकेको छ । तर, भारतीय पक्षले भने जबरजस्ती नदीजन्य पदार्थ निकालेको अध्यक्ष टेकनारायण उपाध्यायको भनाई छ ।
यस विषयमा प्रहरी प्रशासनलाई जानकारी गराएपनि उत्खनन् नरोकिएको उहाँले बताउनुभयो ।
पुराना संरचनाहरु जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौडा गर्ने र स्परहरुको मर्मत र नयाँ निर्माणको कार्य गरिदैछ ।
प्रतिक्रिया दिनुहोस्