२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगामा युग कविको सम्झनामा कवि गोष्ठि आयोजना गरिँदै


546
Shares

ओखलढुंगा । युग कवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसरमा जन्मभूमि ओखलढुंगामा कवि गोष्ठि आयोजना गरिएको छ ।

सिद्धिचरण संग्रहालय समितिले उहाँको जन्मजयन्तीको अवसरमा कवि गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रममा कवि श्रेष्ठका रचना र काव्य वाचन गर्दै साहित्यिक योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा कुम्भराज राई, डा.भेशनाथ खनाल, वीरेन्द्र तामाङ, धनराम श्रेष्ठ, नवराज कार्कीसहितका कवि तथा साहित्यकारहरुले समसामयिक विषयमा कविता वाचन गर्नु भएको थियो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल, पूर्वनगर प्रमुख मोहनकुमार श्रेष्ठ, नगरउप प्रमुख केदारबाबू बस्नेत, सिद्धिचरण संग्रहालय समितिका सचिव ध्रुवकुमार राजभण्डारीले सिद्धिचरण श्रेष्ठको साहित्यिक योगदान र ओखलढुंगालाई चिनाउन कविको योगदानबारे चर्चा गर्नु भएको थियो ।