१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज सुनको मूल्यमा सामान्य वृद्धि


1.079k
Shares

काठमाडौं । नेपाली बजारमा बुधवार सुन–चाँदीको को मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो। ।