
प्रतीकात्मक ।
काठमाडौं । हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
बुधबार बिहान मकवानपुरको मनहरि गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि-७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याक्तानलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल आइपुग्नासाथ स्याक्तानलाई डाक्टरले मृत घोषण गरेका थिए ।
बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्