२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


फ्रान्समा मनाइयो २५६७ औं बुद्ध जयन्ती


390
Shares

काठमाडौं । फ्रान्समा सप्ताहव्यापी २५६७ औं बुद्ध जयन्ती अन्तराष्ट्रिय बैशाख डे सम्पन्न भएको छ ।

बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले विभिन्न बौद्ध विहारहरूमा थेरवाद र महायान परम्पराअनुसार बुद्ध बन्दना र सुत्रपाठ गरेर बुद्ध जयन्ती बैशाख डे मनाएका हुन् ।

सो अवसरमा तथागत बुद्धको अस्थिधातु समेत प्रर्दशन गरिएको थियो । भिन्सेनी लगायतको शहरमा त्यहाँका मन्त्रीहरुकै सहभागितामा बुद्ध जयन्तीको दिन देखि साताव्यापी विभिन्न कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइएको हो ।

त्यहाँका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाउने गरेका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ । पश्चिमी मुलुकमा रहेका बौद्धहरूले बुद्ध जयन्ती महत्वका साथ मनाउँदै आएका छन् ।

बुद्ध जयन्तीका दिन संयुक्त राष्ट्र संघले समेत अन्तराष्ट्रिय रुपमा सार्वजनिक बिदा दिँदै आएको छ ।