१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल समूह उपविजेता


6.578k
Shares

काठमाडौं । भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

अब नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रवार प्रतिष्पर्धा गर्ने छ । बुधबार भएको खेलमा काजकस्तान उब्जेकिस्तानलाई पराजित गर्दै समूह बी को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ पहिलो सेट १२–२५ ले गुमाएको थियो । पहिलो सेट सस्तैमा गुमाएपनि नेपालले त्यसपछिको सेटमा भने पुनरागमनको प्रयास गरेको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा नेपालले २४–२६ ले गुमाउन पुग्यो ।

निकै नै प्रतिष्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो । चौथो सेटमा नेपाल एक समय १८–१५ को अग्रतामा थियो । तर त्यो अवस्थाबाट भारतले प्रदर्शन गर्दै जित पक्का गर्न सफल भएको हो ।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणा शाहीले शुरुवाती तालमेल अभावले गर्दा अपेक्षा अनुसारका खेल नभएको बताइन् । टोलीमा रिसिभ र केही सामन्य गल्ती हुँदै गर्दा पहिलो सेट गुमाउन पुगेको र अन्तर्राष्ट्रिय अनुभव नहुँदा पछिल्ला सेटमा अपेक्षा अनुसारको प्रदर्शन नभएको बताइन् ।

यस्तै, बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको र टोलीको सुधारका लागि अझै समय लाग्ने प्रतिक्रिया दिए । कप्तान अरुणाले भने जस्तै प्रशिक्षका ब्रान्टले पनि शुरुवाती सेट गुमाएपछि बाँकी सेटमा नेपाली टोली खुलेर खेल्न नसकेको बताइन् ।

नेपाललाई पराजित गरेको भारत भने समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार नै भएको समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।