११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


विभाजन गहिरो पार्दै जि ७


533
Shares

काठमाडौं । युक्रेन युद्ध, आर्थिक मन्दी, जलवायु परिवर्तनले निम्त्याएका विपत्ति सामना गर्न यतिबेला संसारमा देश–देशबीच अझ बलियो एकताको खाँचो छ।

मानिसले आज सामना गरिरहेका समस्या र चुनौती कुनै एउटै देश र सरकारको प्रयासबाट मात्र समाधान हुन सम्भव छैन। तिनको समाधानका निम्ति सिङ्गो संसारबीच ऐक्यबद्धता र सहकार्य खाँचो छ। विशेषतः संसारका विकसित भनिएका देशहरू यस परिस्थितिमा अझ जिम्मेवार बन्नुपर्ने हो ।

तर, अझै पनि पुरातन शक्ति सिद्धान्तबाट मुक्त हुन नसकेका विकसित देशहरू पृथ्वी र मानिसले झेलिरहेका चुनौती सामना गर्न एकगठ हुनतिर भन्दा विभाजन र विग्रहको बाटोमा हिँड्दैछन्।

सन् २०२३ मे १९ देखि २१ सम्म जापानको हिरोसिमा सहरमा भएको संसारका सातवटा विकसित देशहरू जि ७ को सम्मेलनका निचोड नियाल्दा भने ती देशहरू संसारका समस्याप्रति अझै पनि उत्तरदायी र व्यापक बन्न नसकेको प्रष्ट हुन्छ।

उनीहरू संसारलाई अझ विभाजन र धु्रवीकरणको दिशातिर डोर्‍याइरहेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।