७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भारतको पुना शहरमा भीषण आगलागी


1.313k
Shares

एजेन्सी । भारतको महाराष्ट्रको पुना शहरमा बिहीबार बिहान भीषण आगलागी भएको छ ।

पुनाको भवानी पर्थ क्षेत्रमा बिहान ४ बजेको समयमा भएको आगलागीबाट कम्तिमा आधा दर्जन घर, दर्जनौं पसल र गोदामहरु जलेर नष्ट भएको प्रारम्भिक सूचनाहरुमा जनाइएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार आगो निभाउन डेढ दर्जन बढी दमकल प्रयोग गरिएको छ । करीब सय जनाको संख्यामा परिचालित अग्नि नियन्त्रकहरुले घरभित्र रहेका ग्यासका सिलिण्डरहरु बाहिर निकालेर आगो थप बढ्न नदिने कोशिस गरेका छन् ।

एउटा फर्निचर गोदामबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत बिवरण भने आउन बाँकी छ ।