
तेह्रथुम । लिम्बु जातिको मौलिक संस्कृति बोकेको च्याब्रुङ नाच पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ ।
लिम्बु जातिको चिनारीको रुपमा रहेको सास्कृतिक बाजा च्याब्रुङ हो । जुन विवाह,पर्व,उत्सव,घरपैचो जस्ता शुभकार्यहरुमा बजाउदै नाच्ने गरिन्छ । झन्डै मादल जस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन ।
च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नाच हो । लिम्बु थाक्थुङ जातिको मुख्य सम्पदाको रुपमा रहेको च्याब्रुङ नाच पछिल्लो समय लोप हुने अवस्थामा छ । यो नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिन्छ ।
च्याब्रुङ नाच्ने र मुन्धुम गाउने अग्रजहरु पाका भईसकेको नयाँ पुस्ताले बेवास्ता गरेका कारण संस्कृती लोप हुने अवस्थामा पुगको आठराई त्रिबेणी गाउपालिका ४ का अमृता साँवा बताउनुहुन्छ ।
सभ्यता संस्कृति बोकेका बाजा र नाचको उचित संरक्षण र प्रर्वद्धन गरेर मौलिक पर्यटनको बिकास गर्नु पर्ने उहाँहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस्