२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिन्धुली अस्पतालमा तोडफोड भएपछि आपतकालिन बाहेक सबै सेवा बन्द


2.21k
Shares

सिन्धुली । सिन्धुली अस्पतालमा तोडफोड भएपछि आपतकालिन बाहेक सबै सेवा प्रवाह बन्द गरीएको छ ।

अस्पतालमा सुरक्षा नभएको जनाउदै सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सुरक्षाको ग्यारेण्टि नभए सम्म भन्दै अस्पतालका सबै सेवा बन्द गराएका हुन् ।

अस्पतालमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले सिन्धुली अस्पतालका आपतकालिन बाहेक सबै सेवाहरु बन्द गरिएपछि उपचारमा आउने विमारीहरुकालागि समस्या भएको छ ।

अस्पतालमा सुत्केरी महिला कमलामाई नगरपालिका ५ कि गंगा गुरुङको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरेर करोडौंको क्षति पुगेको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शतिशचन्द्र ढकालले बताउनुभयो ।

समस्यालाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा अस्पताल प्रशासन र पिडित पक्षका बिच छलफल भएपनि अस्पताल प्रशासनले तोडफोडको क्षतिपुर्तीको माग राखेको छ । मृतक गंगाका आफन्तहरुले चिकीत्सकको लापरवाहिका कारण मृत्यु भएको भन्दै कडा कारवाहि हुनु पर्ने माग गरेका छन् ।

अस्पताल भवनको निर्माण भइरहेको अवस्थामा अस्थाई टहराहरुमा संचालन गरिएको अस्पतालहरुमा समेत तोडफोड भएपछि सेवा संचालन र सफाई गर्न समेत कठिन भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।