
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको हो ।
उहाँले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको उल्लेख गर्दै उहाँले गणतन्त्रको विकल्पमा पुनः पछाडी फर्कन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ति समस्याहरुको समाधान पनि गणतन्त्र भित्रै सम्भव भएको बताउनुभयो ।
उहाँले सरकार सञ्चालनमा भएका त्रुटीहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताउनुभयो । उहाँले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायहरुलाई राजनीतिको शीर्ष तहमा लगेको भन्दै व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने बताउनुभयो ।
उहाँले राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्