
काठमाडौं । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।
जीपको ठक्करबाट शक्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।
बिहीबार बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो ।
शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उहाँलाई विद्यालयमा जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्