१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चर्च ब्वाईज र मनाङ मर्स्याङ्दी बराबारीमा रोकियो


429
Shares

काठमाडौं । सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दुरी बढाउने मौका गुमाएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाईजले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरा बढाउने मौका गुमाएको हो । शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साविकको विजेता मच्छिन्द्र क्लवको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधबार तेस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११ औं स्थानमा छ । लगातार जितविहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

लिग अन्तर्गत बिहीबार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराएको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २-० को अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३-० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४-० को जित निश्चित गरे ।

यससँगै फ्रेण्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ । फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमो छ ।