१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घट्यो


3.575k
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा शुक्रबारबाट घटेको छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाएको हो ।

मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित छ । जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको हो ।

बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका थिए । अब न्यूनतम १७ रूपैयाँ लाग्ने बताइएको छ ।

नेपाल आयल निगमले डिजेलको भाउ घटाए लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो ।